२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

कांग्रेस केन्द्रीय समिति बैठक

कार्यबाहक सभापति खड्काले भने : ' नियमित महाधिवेशनमा निर्णय हुन्छ '

सबै निर्णय सर्वसम्मतिले पारित हुने विश्वास

सोमवार , कार्तिक १०, २०८२

 

काठमाडौँ, कात्तिक । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले चालु केन्द्रीय कार्यसमितिको बैठकले विशेष महाधिवेशनको प्रस्तावको समयसीमाभित्रै नियमित महाधिवेशनलाई अघि बढाउने बताएका छन कार्यवाहक सभापतिले भने, चालु केन्द्रीय कार्यसमिति बैठकले निर्णय लिन्छ ।

फागुन २१ गतेको निर्वाचन घोषणा, पार्टीको आन्तरिक महाधिवेशन र भदौ २३- २४ पछिको नयाँ राजनीतिक परिस्थितिमा पार्टीले प्रस्ट मार्गचित्र तयार पार्ने खड्काले बताए ।

कांग्रेसको भ्रातृसंस्था तरुण दलको ७६ औं स्थापना दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार आयोजना गरिएको चियापानमा बोल्दै खडकाले पार्टीका सबै निर्णय सर्वसम्मतिले पारित हुने विश्वास समेत व्यक्त गरे ।

कात्तिक १ गते स्थगित भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक १३ गतेदेखि पुनः सुरु हुँदैछ । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आगामी मंसिरभित्रै नियमित महाधिवेशन नभएमा विशेष महाधिवेशनको निर्णय लिन दबाब दिइरहेका बेला खड्काले नियमित महाधिवेशनकै लागि बैठकले निर्णय लिने बताएका हुन् ।

नियमित महाधिवेशन भनेपनि संस्थापन पक्षले आगामी मंसिरमा नभई फागुन २१ को निर्वाचन पछाडि मात्रै हुनुपर्ने बताइरहेको छ र तर इतरपक्षका नेता शेखर कोइराला, महामन्त्रीद्वय शर्मा र थापाले भने आगामी मंसिरभित्रै कार्यतालिका आउनुपर्नेमा जोड दिँदै आएका छन् ।

थापा र शर्माले मंसिरभित्र नियमित नभए विशेष महाधिवेशनको वकालत गर्दै आइरहेका छन भने नेता कोइराला विशेष महाधिवेशनको पक्षमा भने देखिएका छैनन् ।

नयाँ राजनीतिक परिस्थितिबीच चालु केन्द्रीय कार्यसमितिको बैठकले एकता र समिक्षाको भावबाट निकालिएको निष्कर्षका आधारमा निर्णय सर्वसम्मतिबाट निर्णय गर्नेछ,खडकाले भने,;हामीले जति पनि विषय अघि सारेका छौँ, तीनमा व्यापक छलफल र विमर्श भइरहेको छ ।

फरक- फरक कोण र जोडलाई एकठाउँमा जोडेर फागुन २१ मा घोषणा भएको निर्वाचन, नियमित महाधिवेशन, भ्रातृसंस्थाका अधिवेशनलगायत सबै विषयहरूलाई अगाडि राखेर पार्टीका विशेष महाधिवेशनको प्रस्तावलाई पनि समाधान हुनेगरी नियमित महाधिवेशनको सीमाभित्र जोडेर निर्णय लिनेछौँ । उनले खरानीको जगबाट उठेर कांग्रेसलाई एक पटक फेरि राष्ट्रको मियो बनाउने दाबी गरे ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार