२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

मौजुदा सरकारमा दुइमन्त्री थपिए : राष्ट्रपति पौडेलले गराए शपथ

स्वास्थ्य तथा जनसंख्यामन्त्री सुधा शर्मा गौतम र युवा तथा खेलकुदमा बब्लु गुप्ता

आइतवार , कार्तिक ९, २०८२

 

काठमाडौँ, कात्तिक । नवनियुक्त दुई मन्त्रीले आज शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ ग्रहण गराएका हुन् ।

शपथ लिनेमा स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतम र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता छन् । प्रधानमन्त्री सुशीला कार्कीले गणपतिलाल श्रेष्ठ र खगेन्द्र सुनारलाई पनि मन्त्रीमा सिफारिस गरेकी थिइन् ।

तर जिल्ला अदालतदेखि सर्वोच्चसम्म मुद्दा विचाराधीन रहेको सार्वजनिक भएपछि प्रधानमन्त्रीले सुनारको नाम हटाएकी थिइन् ।

उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा सिफारिस भएका थिए । यस्तै, भूमि व्यवस्था तथा सहकारीमन्त्रीमा सिफारिस गरिएका गणपतिलाल श्रेष्ठको नाम अन्तिम समयमा फिर्ता भएको थियो ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार श्रेष्ठले पर्यटन मन्त्रालयको आकंक्षा राखेका थिए । तर प्रधानमन्त्री कार्कीले उनलाई भूमिमन्त्रीमा सिफारिस गरेकी थिइन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार