२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

प्रधानमन्त्री कार्की - दलका प्रतिनिधि छलफल

सरकार - " भयरहित वातावरणमा चुनाव गराउन लागेको छ "

वातावरण बनाउन मन्त्री र सुरक्षा निकाय खटेका छन् : प्रधानमन्त्री कार्की

मंगलवार , कार्तिक ४, २०८२

 

काठमाडौँ, कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा चुनाव गराउन सरकार कटिबद्ध रहेको बताएकी छन् ।

मंगलबार राजनीतिक दलहरूसँगको छलफलमा प्रधानमन्त्री कार्कीले तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउन सरकार कटिबद्ध रहेको बताएकी हुन् ।

प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार चुनावको वातावरण बनाउनका लागि मन्त्रीहरू अहोरात्र खटिइरहेको कुरा दलका प्रतिनिधिलाई जानकारी गराइएको छ ।

'अहोरात्र खटिएर मन्त्री, सुरक्षा निकायलगायत हामी काम गरिरहेका छौँ,' कार्कीले भनेकी थिइन् ।

सरकार गठनपछि घाइतेहरूको उपचार, सहिदका शव व्यवस्थापन र परिवारका लागि राहत, आन्दोलनकारी पक्षका आवाजको सुनुवाइ गर्नमा समय खर्च भएको प्रधानमन्त्री कार्कीको भनाइ थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार