२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

जेन-जी' ढुङ्गाना समूहले भन्यो

'बटमलाइन' प्रत्यक्ष कार्यकारी प्रमुख : ' पूरा नभए चुनाव मान्दैनौ '

शनिवार , कार्तिक १, २०८२

 

काठमाडौँ, कात्तिक । ' जेन- जी' आन्दोलनका अगुवा मिराज ढुङ्गाना समूहले प्रत्यक्ष कार्यकारीको बटमलाइन पूरा नभएसम्म निर्वाचनमा भाग नलिने जनाएको छ ।

नयाँ बानेश्वरमा आज पत्रकार सम्मेलनमार्फत आफ्ना एजेन्डा सार्वजनिक गर्दै जेनजी पुस्तालाई गोलबन्द गर्न राजनीतिक दल गठन गरे पनि प्रत्यक्ष कार्यकारी शासकीय स्वरुप र विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था हुने पर्ने आफ्नो बटमलाइन पूरा नभएसम्म चुनावमा सहभागी नहुने बताएका छन ।

उनले भ्रष्टाचार नियन्त्रणका लागि नागरिकस्तरीय छानबिन समिति गठन र आर्थिक रूपान्तरणको स्पष्ट नीति अख्तियार गरिनुपर्नेमा जोड दिए ।

जेनजी प्रदर्शनलाई दिशाहीन हुन नदिन राजनीतिक दल गठन गर्ने निष्कर्षमा पुगिएको जनाउँदै ढुङ्गानाले पार्टीको नामबारे सुझाव लिने काम भइरहेको बताए ।

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्धनलगायत मुद्दाका लागि निरन्तर लड्छौँ, जेनजीको बलिदानलाई खेर जान दिँदैनौं , उनले भने, ' देश विकासमा सामूहिक प्रतिबद्धता र सहकार्यको आवश्यकता छ ।

आर्थिक समृद्धिलाई साझा सङ्कल्प बनाउन सबैलाई हाम्रो आग्रह छ । स्वदेशमा रोजगारीका अवसर नहुँदा लाखौँ युवा विदेशिनुपरेको र देश विकासमा लाग्नुपर्ने ऊर्जावान् शक्ति विदेश पलायन हुँदा मुलुक आर्थिक रूपले कमजोर बनेकाले यस्ता विषयमा सरकार जिम्मेवार हुनुपर्ने ढुङ्गानाको भनाइ छ ।

बन्द कलकाखाना तुरुन्त सञ्चालनको प्रक्रिया अघि बढाउनुपर्छ, रोजगारीको सिर्जना गर्नुपर्छ । पर्यटन क्षेत्रको विकास र प्रवर्धन गर्नुपर्छ , आफ्नो समूहको अवधारणाबारे स्पष्ट पार्दै उनले भने, छिमेकमा दुई ठुला जनसङ्ख्या भएका मुलुक छन्, त्यसलाई लक्षित गरेर उत्पादन वृद्धि गर्नुपर्छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार