२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक

महामन्त्री थापाले गरे - " १५ औं महाधिवेशनको कार्यतालिका पेस "

चौधौ महाधिवेशनबाट निर्वाचित वर्तमान कार्यसमितिको ४ वर्षे कार्यकाल मंसिर मसान्तमा सकिदै

शुक्रवार , आश्विन ३१, २०८२

 

काठमाडौँ, असोज । कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५ औं महाधिवेशन कार्यतालिका पेस गरेका छन् । कांग्रेसको चौधौ महाधिवेशनबाट निर्वाचित वर्तमान कार्य मसमितिको ४ वर्षे कार्यकाल मंसिर मसान्तमा सकिदैछ ।

महामन्त्री थापाले महाधिवेशन २०८२ मंसिर २७ देखि २९ गतेसम्म गर्ने गरी केन्द्रीय कार्यसम्पादन समितिमा प्रस्ताव पेश गरेका हुन् । उनको प्रस्ताव केन्द्रीय कार्यसमितिमा जानेछ ।

मंसिरभित्रै नियमित कि विशेष महाधिवेशन भन्ने मुद्दाले कांग्रेसमा संस्थापन र इतरपक्षबीच ध्रुवीकरण बढ्दै गएको पृष्ठभूमीमा थापाले यस्तो प्रस्ताव पेश गरेका हुन् ।

सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएपछि बिहीबारदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा संस्थापनपक्षीय सदस्यहरूले विशेष महाधिवेशनको औचित्य नभएको भन्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माप्रति कडा आलोचना गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार