२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

देउवाले भने : देशलाई संवैधानिक बाटोमा फर्काउन- ' निर्वाचन '

मंगलवार , आश्विन २८, २०८२

 

काठमाडौँ, असोज । कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनका माध्यमबाट मात्रै मुलुकलाई पूर्ण संवैधानिक बाटोमा फर्काउन सकिने बताएका छन् ।

देउवाले आजको केन्द्रीय कार्यसमितिको बैठकमा १३ पेज लिखित मन्तव्य राख्दै सरकारलाई तोकिएको मितिमा हुने निर्वाचन सुरक्षित र भयरहित वातावरण बनाउन पनि आग्रह गरेका छन् ।

सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने मिति तोकेको छ । तथापि, स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बन्न सकेको छैन । निर्वाचनको पूर्वसर्तका रुपमा रहेको शान्ति सुरक्षाको ग्यारेन्टी छैन ।

सुरक्षा निकाय मनोबल गिरेर निरीह भएका छन् । तसर्थ निर्वाचनका लागि शान्ति सुरक्षाको अवस्था सामान्य बनाउने र शान्तिपूर्ण निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ र सबैले स्वतः स्फूर्त निर्वाचनमा भाग लिने अवस्था निर्माण हुन्छ भन्ने कुराको सुनिश्चितता गराउने जिम्मा सरकारको हो, देउवाले भनेका छन् यसतर्फ सरकारको ध्यान जाओस् ।

सरकारले निर्वाचनका लागि वातावरण बनाउन सकेमा देशलाई पुनः संवैधानिक बाटोमा फर्काउने आधार निर्वाचन हो भन्ने हाम्रो विश्वास छ । कांग्रेसले आफूलाई एकताबद्ध, सुसंगठित बनाउँदै लोकतान्त्रिक व्यवस्थामा आस्थावान् अन्य राजनीतिक दलहरुसँगसमेत संवाद र सहकार्य गर्नु आवश्यक रहेको देउवाले भनेका छन् ।

संविधानसभाबाट नेपाली जनताले निर्माण गरेको नेपालको संविधान जोखिममा परेको छ । जननिर्वाचित सर्वोच्च संस्था प्रतिनिधिसभा असंवैधानिक तथा अलोकतान्त्रिक तवरले विघटन गरिएको छ ।

बहुदलीय लोकतान्त्रिक व्यवस्थामा वाहक मानिने राजनीतिक दलहरुसँग सरकारले सार्थक संवादको वातावरण बनाएको छैन, देउवाको लिखित मन्तव्यमा भनिएको छ यस अवस्थामा कांग्रेसले अन्य राजनीतिक दलहरुसँग संवाद गरी आगामी योजनाबारे छलफल गर्न आवश्यक छ ।

मुलुकमा संकट आएका बेला त्यसको निकास पनि नेपाली कांग्रेसले दिने गरेको विगतको इतिहासलाई आत्मसाथ गर्दै सबै राजनीतिक दललाई एकमत बनाउनेतर्फ अघि बढौं ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार