काठमाडौँ, असोज । नेपाली कांग्रेस पदाधिकारी बैठक आज बस्दैछ । आज बस्ने पदाधिकारी बैठकमा आगामी आईबार बस्ने केन्द्रिय कार्य समिति बैठकमा प्रस्तुत गर्ने एजेण्डा तय गरिने जनाईएको छ ।
आज बस्ने भनिएको कांग्रेस पदाधिकारी बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशनको प्रस्ताव लैजाने तयार गरिएको छ ।
महामन्त्रीद्वयले आज बस्न लागेको पार्टी पदाधिकारी बैठकमा आगामी मङ्सिर मसान्तभित्रै नियमित महाधिवेशन गर्ने प्रस्ताव लैजाने भएका हुन ।
महामन्त्रीद्वयले यसअघि विशेष महाधिवेशन गर्नका लागि महाधिबेशन प्रतिनिधिहरुको हस्ताक्षर संकलन गर्दै आएका छन ।
नेताका अनुसार, बिशेष महाधिबेशनका लागि ४० प्रतिशत महात्रिबेशन प्रतिनिधिको हस्ताक्षर चाहिने र सो अनुसारको हस्ताक्षर संकलन भईसकेको छ ।