काठमाडौँ, असोज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मंसिर मसान्तभित्र नियमित महाधिवेशन आबश्यक रहेको बताएका छन । उनले भने, ' महाधिबेशन गर्न नसकिए विशेष महाधिवेशनबाहेक अर्को विकल्प छैन ।'
विधानको धारा १७ (२) बमोजिम केन्द्रीय समितिले चहेमा बोलाउन सकिने प्रक्रियामा हामी महामन्त्रीद्वय लाग्नेछौं, त्यो हाम्रो जिम्मेवारी हो, शर्माले भने।
उनले थपे, केन्द्रीय समितिले त्यो निर्णय नगर्ला कि भनेर ४० प्रतिशत हस्ताक्षर जुटाउनतर्फ महाधिवेशन प्रतिनिधिहरु लाग्नुहुनेछ ।'
त्यसलाई कसैले पनि नकारात्मक रुपमा लिन मिल्दैन, माथिको निर्णयले होस् या तलको दबाबले अब नयाँ नेतृत्वमा हामी पुग्नैपर्छ ।'