२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

कंग्रेस बिशेष महाधिबेशनको माग चर्किदै

युवा नेता भन्छन : ' बदलिदो परिस्थिति अनुरुप पार्टीलाई पनि बदलौ '

युनिफाईड र बलियो कंग्रेस बनाउन बिशेष महाधिबेशन : युवा नेता घिमिरे

शनिवार , आश्विन ४, २०८२

 

काठमाडौँ, असोज । नेपाली कांग्रेसका सक्रिय नेता, महाधिबेशन प्रतिनिधि तथा विभिन्न जिल्ला तथा ईकाई कमिटीले बिशेष महाधिबेशनको माग गनथालेका छन ।

संबिधान दिवसको दशौ बर्ष पारगरेको अवसरमा आयोजित एवं नेता तथा कार्यकर्ताले स्वस्फर्त कार्यक्रमको आयोजना गरी बिशेष अधिबेशनको माग गरेका हुन ।यसैबीच संसधिान दिवसको अवसरमा कांग्रेस युवा नेता गुरुराज घिमिरे र नारायणप्रसाद भट्टराइको संयोजकत्वमा एक कार्यक्रमको आयोजना गरी बिशेष महाधिबेशनको मागबारे छलफल गरेका छन ।

छलफलका क्रममा कांग्रेसका सक्रिय युवा नेता तथा कार्यकर्ताको उपस्थितिमा जेन जे को आन्दोलनपछि नेपाली कांग्रेसलाई बदलिदो परिस्थिति अनुरुप बदल्न आबश्यक रहेको बताएका छन ।

12.jfif
undefined

जेन जेको आन्दोलनपछि पार्टीको परम्परागत संरचनाका साथै समयको माग अनुरुप बदल्न आवश्यक रहेको र त्यसलाई बिशेष महाधिबेशनले सम्बोधन गर्ने बताएका छन ।

नेपाली कांग्रेसका करिब ३५ जना महासमिति सदस्य तथा महाधिबेशन पतिनिधले छलफलमा गाग दिदै भने, देशका सबैखालका परिवर्तनको संबाहक बन्दै आएको कांग्रेस यसपटक चुकेको र पार्टीलाई बदलिँदो परिस्थिति अनुरुप बदल्न नसके दलको औचित्य सकिने बताए ।

उनीहरुले भने, ' जेनजेको आन्दोलनले उठाएका बिषयलाई कांग्रेसका नेता तथा कार्यकर्ताले पनि उठाउँदै आएका तर नेतृत्वले नसुनेको पनि दुखेसो पोखे ।

काठमाडौलगायत विभिन्न जिल्लाबाट सहभागी नेता तथा कार्यकर्ताले बिशेष महाधिबेशनका लागि विभिन्न जिल्लाबाट सहभागी रहेको र उनीहरुले अहिले महाधिबेशन प्रतिनिधिको पनि यही भावना रहेको बताउँदै भने, 'परिस्थिति अनुसार नबदलिए हामी सबैको भविक्ष्य सकिने पनि बताए ।

उनीहरुले थपे, नेतसत्वले नेता तथा कार्यकर्ताको भावना नबुझे जुनसुकैखालको अप्रिय निर्णय लिन पनि पछि पर्न नहुने धारणा राखेका थिए । यसैबीच, ललितपुर जिल्ला कार्यसमितिले तत्काल विशेष महाधिवेशन वा महासमिति बैठक बोलाउन माग गरेको छ ।

शुक्रबार बसेको जिल्ला कार्यसमितिको बैठकले वर्तमान विकसित घटनाक्रमले पार्टी र पार्टी नेतृत्वप्रति फरक- फरक धारणाको विकास भएको भन्दै सोही अनुसार अगाडि बढ्नुपर्ने भएकाले नयाँ पुस्तालाई प्रधानमन्त्री र पार्टी नेतृत्वको भूमिकामा स्थापित गरेर मात्रै अगाडि बढ्नु पर्ने निष्कर्ष निकालेको छ ।

सो अनुसार सोको व्यवस्थापनका लागि अभिलम्ब विशेष महाधिवेशन वा महासमितिको बैठक बोलाई उक्त बैठकको निर्णय बमोजिम अगाडि बढ्न केन्द्रीय कार्यसमितिलाई अनुरोध गर्ने निर्णयसमेत जिल्ला कार्यसमितिले गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार