काठमाडौं, भदौ । जेन जेको सफल आन्दोलनपछि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जेन-जी पुस्ताले उठाएका मागको निकास संविधानसम्मत र लोकतान्त्रिक प्रक्रियाबाटै हुनुपर्ने बताएका छन ।
बिहबिार अध्यक्ष प्रचण्डले बिहीबार एक प्रेस बिज्ञप्ति सार्वजनिक गर्दै भनेका छन, वर्तमान चुनौतीपूर्ण परिस्थितिको समाधान संविधान र व्यवस्थापिका संसदभित्रै खोज्नुपछ । उनले थपेका छन, संविधानको विकल्प खोज्ने प्रयासले प्रतिगमनलाई मात्र फाइदा पुग्छ ।
अध्यक्ष प्रचण्डको बिज्ञप्तिमा भनिएको छ, भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा उठाइएका माग औचित्यपूर्ण छन, आन्दोलनको पहिलो दिनमै भएको कठोर दमनले परिस्थिति चर्किएको हो ।
उनले आन्दोलनका क्रममा सहादत प्राप्त युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन ।
उनले थपे, ' जेन-जी पुस्ताले उठाएका माग संविधान र वर्तमान संसदीय प्रक्रियाभित्र पूरा गर्न सकिने खालका छन्। त्यसैले निकास पनि संविधानमै आधारित हुनुपर्छ।'