काठमाडौँ, भदौ । जेन-जीको आन्दोलन सफल भएको छ । यससँगै अहिले अन्तरिम सरकार निर्माण र यसको नेतृत्वबारे गहन छलफल हुँदैछ । नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेन-जी प्रतिनिधिहरुबीच आज निर्णायक छलफल हुने जनाइएको छ ।
सरकारको नेर्तत्वबारे यसअघि जेन-जीले बृहद छलफलपछि बुधबार अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम टुंगो लगाएपनि औपचारिकता भने दिएको छैन ।
प्रधान सेनापति अशोकराज सिग्देलको समन्वयमा बुधबार गरेको वार्ता प्रयास भने सफल हुन सकेन । सेनाले बुधबार बेलुकी माइकिङ गर्दै जेन-जीलाई आफ्नो नेतासहित उपस्थित हुन आग्रह गरेको छ ।
युवाहरूको बलिदानलाई सही सावित गर्न उनीहरूको माग अनुरुप अन्तरिम सरकार गठन प्रक्रिया अघि बढाउन लागिएको हो ।