२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भन्छ

कोरोना परीक्षण : "‘क्रस भेरिसिफेसन’ अब नेपालगञ्ज र धरानमा पनि"

टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा मात्र ‘क्रस भेरिसिफेसन’ हुने गरेको थियो

आइतवार , बैशाख ७, २०७७

काठमाडौं, बैशाख । विभिन्न प्रयोगशालामा गरिएको कोरोना परीक्षणको पुन: परीक्षण (क्रस भेरिसिफेसन) अब नेपालगञ्ज र धरानमा पनि हुने भएको छ ।

यसअघि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मात्र ‘क्रस भेरिसिफेसन’ हुने गरेको थियो । यदि अरु ल्याबमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिए टेकुले पुनः परीक्षण गरेपछि मात्र औपचारिक घोषणा गर्ने गरिन्थ्यो ।

स्वास्थ्य मन्त्रालयकाअनुसार आइतबार नेपालगञ्जस्थित भेरी अस्पतालमा पीसीआर विधिबाट परीक्षण सुरु गरिएको थियो । साथै भेरी र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई ‘क्रस भेरिसिफेसन’ गर्न दिइने भएको छ ।

यसले कोरोना परीक्षणको रिपोर्ट अझ छिटो आउने भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार