२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपाली कांग्रेस 

महामन्त्री थापाले भने : ' २०८४ मा के होला भन्ने डरबाट कांग्रेस मुक्त हुनुपर्छ '

सोमवार , भाद्र ९, २०८२

 

काठमाडौँ, भदौ । कांग्रेस महामन्त्री गगनकुमार थापाले अहिलेको समयमा पार्टीले डर, लोभ र अन्योलबाट मुक्त भएर देशप्रतिको जिम्मेवारी निर्वाह गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले कांग्रेसले ०८४ मा आफ्नो अवस्था कस्तो होला भन्ने मानसिकता त्यागेर अगाडि बढ्न जरुरी रहेको बताएका हुन् ।

पार्टीको नीति र सिद्धान्तअनुसार अघि बढेर सबैखाले लोभ र डर त्याग्न नसके पार्टी संगठन कमजोर हुनेप्रति सबै सजग हुनुपर्नेमा उनले जोड दिए । यो बेलामा नेपाली कांग्रेस पार्टी केबाट मुक्त हुनुपर्छ भने २०८४ सालमा मेरो अवस्था के होला भन्ने कुराबाट मुक्त हुनुपर्छ ।

यसपछि प्रधानमन्त्री आलोपालो भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले जुन भन्नुहुन्छ नि त्योबाट मुक्त हुनुपर्छ । उहाँले हामीलाई सम्झाउनु हुन्छ नि । उनले छोड्नुहोला कि नहोला भन्ने अलमलबाट हामीले मुक्त हुनुपर्छ ।

यो समयमा हाम्रो पार्टीले गर्नुपर्ने कर्म सबै प्रकारको लोभ र डरबाट मुक्त भएर गर्यौं भने पार्टीले आफ्नो जिम्मेवारी निर्वाह गर्छ जसरी हामीले गर्दै आएका छौं ।

नेपाली कांग्रेसका सबै कार्यकर्ता पनि लोभ र डरबाट बाहिर निस्कनुपर्नेछ । र नेपाली कांग्रेस पनि निस्कनुपर्नेछ, उनले भने ।

महामन्त्री थापाले पार्टीभित्र पठन संस्कृतिको विकास गर्न साहित्यकारहरूलाई उत्प्रेरित गर्नुपर्ने धारणा राखे । गुट छोडे पनि लेखन कार्य नछोड्न उनले कार्यकर्ताहरुमा आग्रह गरे ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार