२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

कोरोना : "एक युवती निको भइ घर फर्किन"

शनिवार , बैशाख ६, २०७७

काठमाडौं,बैशाख । कोभिड–१९ को सङ्क्रमण देखिएका काठमाडौकी १९ वर्षीया एक युवती उपचार पश्चात् घर फर्किएकी छिन्। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत रहेकी ती युवती घर फर्किएको अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले सञ्जारकमीर्लाइ जानकारी दिए। उनका अनुसार सङ्क्रमित युवती पूर्ण स्वस्थ भएर घर फर्किएकी हुन्।

उनले ४८ घण्टामा दुई पटक कोभिड–१९ नेगेटिभ आएपछि बिरामीको सबै अवस्था राम्रो भएपछि घर फर्काइएको( डिस्चार्ज) बताए। उनलाई २७ दिनसम्म अस्पतालमा उपचार गरेर आज घर फर्काइएको हो।

फ्रान्सबाट गत चैत ४ गते नेपाल आएकी उनलाई चैत १० गते सङ्क्रमण देखिएपछि अस्पताल भर्न गरी आइसोलेशनमा उपचार  हुँदै आएको थियो। यसअघि चीनको बुहानबाट आएका अर्का एकजनालाई पनि सङ्क्रमण देखिएपछि सोही अस्पतालमा नै उपचारपश्चात् स्वस्थ भएर घर फर्काइएको थियो।

अब सो अस्पतालमा दुई पुरुषको मात्र उपचार भइरहेको छ। नेपालमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या ३० पुगेको छ। शुक्रबार उदयपुरमा १२ र चितवनमा दुईजनामा सङ्क्रमण देखिएको थियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार