२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

मुलुकमा अब अर्को सडक क्रान्तिकाे खाँचो छ - " नेतृत्व मैले नै गर्छु "

बिहिवार , श्रावण २२, २०८२

 

काठमाडौँ, साउन । माओवादी अध्यक्ष पुष्पकमल दाहालले अब मुलुकमा अर्को सडक क्रान्ति आवश्यक भएको उल्लेख गर्दै आफूले त्यसको नेतृत्व गर्ने बताएका छन् । 

अखिल क्रान्तिकारीले आयोजना गरेको शैक्षिक संवाद कार्यक्रममा उनले अर्को ठूलो क्रान्ति नभएसम्म मुलुकको गुणात्मक विकास नहुने बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्र, समावेसिता स्थापना भए पनि म नयाँ आन्दोलनको नेतृत्व गर्छु भनेर जनतामाझ गएको छु, उनले भने, नयाँ आन्दोलन क्रान्ति आवश्यक छ । अर्को क्रान्ति चाहिएकै छ नेपालमा । मैले सशस्त्र त्रान्ति भनेको होइन ।ु

एउटा सडकबाट ठूलो क्रान्ति नभएसम्म यिनको दिमागमा छिर्ने देखिएको छैन । देशको कर्मचारीतन्त्र, न्यायालय रूपान्तरण आवश्यक भएको बताए ।

देशलाई गुणात्मक ढंगले अघि बढाउन बिउरोक्रेशी मा, जुडिसियरीमा र पुराना पार्टीको दिमागामा क्रान्ति ल्याउन सकेका छैनौँ, उनले भने, ' हामीले परम्पराका सांगला तोड्न बाँकी छ ।'

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार