२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

‘सामाजिक सङ्घ संस्थाका माध्यमबाट पार्टीलाई स्थापित गर्नुपर्छ’

मंगलवार , श्रावण १३, २०८२

काठमाडौँ, साउन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड;' ले सामाजिक सङ्घ संस्थाका माध्यमबाट पार्टीलाई स्थापित गर्नुपर्नेमा जोड दिएका छन ।

माओवादी केन्द्रको समाज कल्याण विभागद्वारा सामाजिक न्याय, समावेशिता र सामाजिक सङ्घ संस्थाको भूमिका विषयमा आज यहाँ आयोजित छलफलमा उनले सामाजिक संघ संस्थामा माओवादी केन्द्रको हस्तक्षेप सकारात्मक हुनुपर्ने बताए ।

अध्यक्ष 'प्रचण्ड' ले भने, बदलिएको राजनीतिक परिस्थितिमा यस्ता संस्थामा सहभागी भई सकारात्मक भूमिका निर्वाह गर्न आवश्यक छ ।

अध्यक्ष दाहालले माओवादी नेता तथा कार्यकर्ताहरू विभिन्न सङ्घ संस्थामा संलग्न भए पनि खुल्न नचाहने प्रवृत्ति परिवर्तन गर्न जरुरी भएको बताए।

उनले भन्र, जहाँ जहाँ हाम्रा साथीहरू सहभागी छन, ती संस्था उत्कृष्ट हुनुपयो र सामाजिक सङ्घ संस्थालाई कसरी बुझ्ने भन्नेमा पार्टीले लिएको निर्णयअनुसार जनतामा मात्रै होइन, पार्टीको तल्लो तहसम्म नै एउटै धारणा बनाउन आवश्यक छ ।

अध्यक्ष दाहालको निजी सचिवालयका अनुसार माओवादी केन्द्रले अगाडि सारेको स्वतन्त्र र राष्ट्रिय अर्थतन्त्रको अवधारणा अरु पार्टीको सोचभन्दा फरक रहेको उल्लेख गर्दै, उक्त सोचलाई तलसम्म बुझाएर माओवादी पार्टी फरक हो भन्ने स्थापित गर्न आवश्यक भएको उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार