२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

कोरोना भाइरसको संक्रमण

काठमाडौंबाट ३३ चिकित्सक धनगढी पुगे

सङ्क्रमण बढ्न थालेपछि  मन्त्रालयले चिकित्सक सुदूर पश्चिम प्रदेश पठाउने निर्णय

शुक्रवार , बैशाख ५, २०७७

 कैलाली, बैशाख । कोरोना भाइरसको संक्रमण रोकथाम र उपचार प्रभावकारी बनाउन ३३ जनाको चिकित्सक टोली काठमाडौंबाट धनगढी आएको छ ।

कोरोना सङ्क्रमण बढ्न थालेपछि  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सकको टोली सुदूर पश्चिम प्रदेश पठाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार मन्त्रालयले चार्टर्ड गरेको जहाजमा चिकित्सक टोली धनगढी आएको हो ।

यति एयरको एटीआर ७२–५०० जहाबाट चिकित्सक धनगढी पुगेका हुन् । स्वास्थ्य मन्त्रालयले पहिलो पटक यति ठूलो संख्यामा चिकित्सकलाई हवाई यात्राबाट एक क्षेत्रमा पुर्‍याएको हो ।

काठमाडौंबाट आएको टोलीलाई आवश्यकताको आधारमा विभिन्न जिल्ला खटाइने सामाजिक विकास मन्त्रालयले  जनाएको छ । मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्कीले टोली पुगिसकेको र कोरोना सङ्क्रमण जोखिम बढिरहेको क्षेत्रमा उनीहरुलाई खटाउने तयारी भइरहेको बताए ।

अहिले सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच पुगिसकेको छ । कोरोना सङ्क्रमण बढ्न थालेपछि सरकारले यसको नियन्त्रणको लागि टोली पठाएको हो  ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार