२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

 एमाले विधान महाधिवेशन

महासचिव पोखरेलले भने : ' ७० वर्षे उमेर हद हटाउने प्रस्ताव लान्छौ '

आइतवार , आषाढ २९, २०८२

काठमाडौँ, असार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टीको आगामी विधान महाधिवेशनमा ७० वर्षे उमेर हद हटाउने प्रस्ताव लैजाने बताएका छन ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज पार्टी केन्द्रीय विभागहरूको भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टीको केन्द्रीय कमिटी बैठकबाट स्थगित गरिएको ७० वर्षे उमेर हद विधान महाधिवेशनबाट अनुमोदन गराउनु केन्द्रीय कमिटीको दायित्व र कर्तव्य भएको स्पष्ट गरे ।  

एमालेको आगामी विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावारीस्थित सनराइज अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा हुँदैछ । 

महासचिव पोखरेलले विधानका कतिपय प्रावधानका सन्दर्भमा अहिले केही विवाद र भ्रम सिर्जना गर्ने काम भइरहेको बताए ।   विसं २०७८ मङ्सिर १० गते चितवनको सौराहामा बसेको केन्द्रीय कमिटीको बैठकमा तत्कालीन उपमहासचिव विष्णुप्रसाद पौडेलको प्रस्तावमा विधानका केही प्रावधान संशोधनका लागि केन्द्रीय कमिटीमा प्रस्ताव गरिएको उनले जानकारी दिए ।  

महासचिव पोखरेलले पहिलो विधान महाधिवेशनमा अध्यक्षमा दुईपटक मात्र उम्मेदवार हुने प्रावधान राखिएकामा त्यसलाई सच्याइएको भन्दै त्यसै विधानको प्रावधानलाई टेकेर पुष्प कँडेललाई तेस्रो पटक लेखा आयोगको अध्यक्ष चयन गरिएको बताए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार