२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

स्व गिरिजाप्रसाद कोइराला

स्व गिरिजाबाट- " जनता नै सर्वोच्च शक्ति हुन " भन्ने मान्यता स्थापित

जीवनभर विश्राम नलिइ साहसिक र जनहितको पक्षमा राजनीति गर्ने कोइरालाबाट युवाले प्रेरणा लिने थुप्रै विषय छन ': नेता सिटौला

सोमवार , आषाढ २३, २०८२

 

काठमाडौँ, असार । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाले जनता नै सर्वोच्च शक्ति भएको मान्यता स्थापित गरेको बताउका छन ।

जिपी कोइराला लोकतन्त्र सम्वर्द्धन केन्द्रद्वारा आज यहाँ आयोजित गिरिजाप्रसाद कोइराला र आजको राजनीतिक परिस्थिति' विषयक कार्यक्रममा उनले यस्तो बताएका हुन ।

उनले जीवनभर विश्राम नलिइ साहसिक र जनहितको पक्षमा राजनीति गर्ने कोइरालाबाट नेपाली युवाले प्रेरणा लिने थुप्रै विषय भएको धारणा राखे।

पार्टीका पूर्वमहामन्त्री सिटौलाले भने, ' विसं २०६२- ६३ को आन्दोलनका कमाण्डर कोइरालले नेपालको राजनीतिक इतिहासमा जनताभन्दा माथि कोही छैन भन्ने मान्यता स्थापित गर्नुभयो ।'

नेपालका राजनीतिक पार्टीले जनतालाई नै सर्वोपरि र सर्वोच्च ठानेर काम गर्नुपर्ने बताए । उनी देश, जनता र पार्टीप्रति निष्ठावान भई सहमति, सहकार्य र एकताको भावना लिएर अघि बढ्नुपर्छ भनेर दृढ मान्यता राख्थे । फरक विचार लिएर हिँडेका राजनीतिक दललाई पनि गोलबन्द गर्दै मुलुपनि बताए ।

राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलका नेता सिटौलाले सङ्घीयता, समावेशी लोकतन्त्र, समावेशीता कोइरालाको राजनीतिकको मूल आदर्श रहेको पनि उल्लेख गरे ।

गणतन्त्र घोषणा गर्ने प्रस्ताव पनि गिरिजाप्रसाद कोइरालाकै मन्त्रिपरिषद्ले गरेको घटना सुनाउँदै उनले  अब संविधानले निर्माण गरेका संरचनालाई जनताको पक्षमा क्रियाशील तुल्याउन गम्भीरतापूर्वक समीक्षा गर्न आवश्यक रहेकामा जोड दिए ।

उनकै कार्यकालमा तत्कालीन विद्रोही माओवादीले हतियार छोडेर शान्ति प्रक्रियामा अघि बढेको घटना सुनाउँदै पूर्वउपप्रधानमन्त्री सिटौलाले कोइरालाको जीवनबाट आजका युवा पुस्ताले प्रेरणा लिनुपर्ने धारणा राख्थे ।

पूर्वमन्त्री भीमसेन दास प्रधानले नेपालको राजनीतिक इतिहासमा कोइरालालाई युगपुरुषका रूपमा सबैले स्मरण गरिरहने धारणा व्यक्त गरे । पार्टीका केन्द्रीय सदस्य नैनसिंह महरले नेपाली राजनीतिक इतिहासमा गिरिजाप्रसाद परिवर्तनका धार बुझ्नसक्ने दूरदर्शी र आँटिलो व्यक्तिको रूपमा स्थापित भएको बताए ।

अर्का केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले पूर्वसभापति कोइरालाले अघिसारेका कदम र विचारलाई आत्मसात् नगर्दा पार्टीले बाटो बिराएको हो कि भन्ने प्रश्न उब्जिएको प्रतिक्रिया दिए ।

केन्द्रीय सदस्य धना खतिवडाले कांग्रेस कमजोर हुन्छ भन्ने पक्षलाई आत्मसात् गर्दै रक्तपातपूर्ण अवस्थाबाट मुलुकलाई शान्तितर्फ डोहोयाउन स्व कोइरालाले प्रदान गरेको नेतृत्वदायी भूमिका नेपाली राजनीतिमा सधैँ अमर रहने बताईन ।

केन्द्रीय सदस्य तारामान गुरुङले राजनीतिक व्यवस्था परिवर्तन, शान्ति प्रक्रिया र मानव अधिकारको क्षेत्रमा पूर्वसभापति कोइरालाको नाम उच्च रहेको बताए ।

केन्द्रीय सदस्य गुरु बरालले आफू र आफ्नो पार्टी हारे पनि देश र जनता कहिल्यै पछि पर्नुहुन्न भन्ने मान्यता राख्ने कोइरालाले देखाएको बाटो र मार्गलाई आत्मसात् गर्न जरूरी रहेको बताए ।

कोइरालाको १०२औँ जन्मजयन्तीको अवसरमा आयोजित उक्त कार्यक्रममा सहभागी वक्ताले नेपालको लोकतान्त्रिक आन्दोलनमा कोइराला अथक योद्धा र शिखर व्यक्तित्वका रूपमा रहेको चर्चा गरे ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार