२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

' कुलिङ अफ पिरियड' बिबाद

विधेयकमा दफा नमिलाउने काम - " समिति सचिवालय र कानुन मन्त्रालयबाट भएछ "

मेरो निष्ठा र प्रतिष्ठामाथि आँच आउने काम भएको छ मेरो संलग्नताबिना त्यो काम भयो : सभापति खतिवडा

बुधवार , आषाढ १८, २०८२

 

काठमाडौँ, असार । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती विधेयकमा २ वर्षको ' कुलिङ अफ पिरियड ' राखेपछि विधेयकको दफा मिलाउने जिम्मेवारी पाएका अधिकारीबाट कमजोरी भएको बताएका छन् ।

राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा सभापति खतिवडाले निजामती विधेयकको दफा ८२ (४) मा निजामती सेवाबाट अवकाश लिएका र राजीनामा गरेको २ वर्षसम्म कुनै पनि संवैधानिक, कूटनीतिक र सरकारी नियुक्तिमा ' कुलिङ अफ पिरियड' लाग्ने व्यवस्था गरेको बताए ।

उक्त व्यवस्था राखेपछि समिति सचिवालयका सचिव र कानुन मन्त्रालयका सहसचिवले नमिलाएको बताए । एमाले, कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायतका राजनीतिक दलले सभापति खतिवडाले राजीनामा गर्नुपर्ने र समिति सचिवले पनि पद छोड्नुपर्ने माग गरेपछि खतिवडाले उक्त कुरा बताएका हुन् ।

खतिवडाले भने, ' मेरो निष्ठा र प्रतिष्ठामाथि आँच आउने काम भएको छ तर मेरो संलग्नताबिना त्यो काम भएको छ । ' हिजो पनि २ वर्ष ' कुलिङ अफ पिरियड' राख्नुपर्छ भनेर अडान लिएको हुँ ।

उपसमितिले १ वर्ष भन्दा पनि २ वर्ष राख्नुपर्छ भनेको हो । त्यो दफा नमिलाउने काम कानुन मन्त्रालय र सचिवालय सचिवबाट भएको देखिन्छ,' उनले भने । उक्त व्यवस्था राखिएको प्रतिवेदन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई दिएको खतिवडाले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार