२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

अन्तर्राष्ट्रिय मुद्रा कोषले भन्याे

एसियाको आर्थिक वृद्धिदर : " यस वर्ष शून्यमा आउने प्रक्षेपण "

एसियाको आर्थिक वृद्धिदर ६० वर्षयता पहिलो पटक शून्यमा आउने

बुधवार , बैशाख ३, २०७७

काठमाडौं,  वैशाख । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले एसियाको आर्थिक वृद्धिदर यस वर्ष शून्यमा आउने प्रक्षेपण गरेको छ । अहिले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारीको कारण एसियाको आर्थिक वृद्धिदर ६० वर्षयता पहिलोपटक शून्यमा आउने प्रक्षेपण गरिएको हो ।

आईएमएफका एसिया प्यासिफिक डिपार्टका निर्देशक चाङयोङ रिहीले यो विश्व अर्थतन्त्रको लागि निकै अन्योलपूर्ण र चुनौतीपूर्ण समय रहेको बताएका छन् ।

यो अवस्थामा मुलुकको अर्थतन्त्रमा सुधारको लागि परिवार र कम्पनीहरुलाई सम्बन्धित मुलुकले सहयोग गर्नुपर्ने उनको भनाइ छ । साथै यो संकटको सामनाको लागि प्रधावकारी र समन्वयकारी नीतिको आवश्यकता रहेको उनले बताए ।

सन् २००८को वित्तीय संकटयता यता एसियाको आर्थिक वृद्धिदर औसतमा चार दशमलव ७ प्रतिशत रहँदै आएको छ । प्रभावकारी कदम चाल्न सकेको खण्डमा भने सन् २०२१ मा एसियाको अर्थतन्त्रमा सुधार हुन सक्ने आईएमएफले बताएको छ ।

केही दिनअघि मात्र विश्व बैंकले दक्षिण एसियाको आर्थिक वृद्धिदर ४० वर्षयताकै कमजोर बन्न सक्ने चेतावनी दिएको थियो ।

स्रोत : बीबीसी

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार