२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

प्रतिनिधिसभा बैठक दुई बजे बस्ने

मंगलवार , जेठ २१, २०८२

काठमाडौँ,जेठ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक दिउँसो दुई बजे बस्ने भएको छ । यसअघि उक्त बैठक आज बिहान ११ बजे बस्ने तय भएको थियो ।
 
विशेष कारणले निर्धारित समयमा बैठक बस्न नसकेकाले दिउँसो दुई बजे बस्ने गरी समय परिवर्तन गरिएको संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जारी गर्नुभएको सूचनामा उल्लेख छ ।
 
प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सभामुखले सभाको बैठक दिउँसो दुई बजेका लागि तोक्नुभएको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार