२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपाली कांग्रेस 

संसदीय दल बैठक शनिबार :' बिचाराधिन विधेयक र बजेटबारे छलफल हुने'

शुक्रवार , जेठ ३, २०८२

 

काठमाडौँ, जेठ । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक शनिबार दिउँसो ३ बजे बस्ने भएको छ ।

संसद्मा छलफलको क्रममा रहेका विधेयक र आगामी वर्षको बजेटका सन्दर्भमा दलको बैठक बोलाइएको प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए।

उनका अनुसार शनिबार दिउँसो ३ बजे संघीय संसद् भवन बानेश्वरमा बस्ने गरी दलको बैठक आह्वान गरिएको छ।

बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे छलफलका साथै समसामयिक विषयमा विचार विमर्श हुने उनले बताए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार