काठमाडौँ, चैत । कांग्रेसका नेता डा. शेखर कोइरालाले केपी शर्मा ओली नेतृत्वको सरकारका काम कारबाहीको खबरदारी गरिरहनुपर्ने बताएका छन् ।
सरकारका काम कारबाहीको खबरदारी नगरिए कांग्रेस नै अप्ठ्यारोमा पर्ने नेता कोइरालाको भनाइ छ । काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा कोइरालाले सरकारमा पार्टीको सहभागिता रहेपनि प्रश्न गरिरहनुपर्ने धारणा राखेका हुन् ।
कांग्रेसको प्रमुख प्रतिस्पर्धी एमाले रहेकाले पनि ओली नेतृत्वको सरकारलाई पार्टीले खबरदारी गरिरहनुपर्ने उनको भनाइ थियो ।
'यो सरकारमा हामी पनि सहभागी छौँ । मैले त एउटा कुरा भन्ने गरेको छु, हामी सत्तामा छौँ तर सरकारमा छैनौँ । ' किनभने हाम्रो प्रतिष्पर्धी कुनै पनि ठाउँमा एमाले हुन्छ । हामी अहिले एमालेसित सहकार्य गरेर अघि बढिरहेका छौँ । यसलाई म खराब भनिरहेको छैन । '
उनले भने, 'यो सरकारले कतै गलत, कमी कमजोरी गरिरहेको छ कि भनेर हामीले खबरदारी गरिरहनुपर्छ । त्यो नगरे कांग्रेस अफ्ठ्यारोमा पर्छ । ' सरकारले सुशासन दिन नसकेको पनि कोइरालाको भनाइ छ । '
सुशासन वास्तवमा छैन भने पनि हुन्छ, सुशासन दिलाउनलाई कन्जुस्याँई नगरौँ ।' ' भ्रष्टाचारको म कुरा गर्दिनँ । दण्डहिनता बढेको बढ्यै छ । यो कुरालाई हामीले नियन्त्रण गरेर अघि जानसक्छौँ भन्ने मलाई विश्वास छ,' उनले भने । '
ओली नेतृत्वमा सरकार गठन गर्ने बेला कांग्रेस र एमालेबीच भएको सहमति अनुसार संविधान संशोधन गर्नुपर्ने पनि कोइरालाको भनाइ थियो । ' संविधान संशोधन गर्न ढिलाइ भए सडकमा आन्दोलन बढ्ने पनि उनले बताए । ' यो सरकारले तीन वटा कुरा खासगरी संविधान संशोधन गर्ने कुरा गरेको छ, यसमा अब ढिलाइ नगरौँ । जति ढिलाइ हुन्छ, त्यति सडक आक्रोशित हुन्छ,'[ उनले भने ।
कांग्रेसले एमालेलाई प्रतिस्पर्धीका रूपमा लिनुपर्ने बताए । भविष्यको पनि प्रतिष्पर्धी भएकाले एमालेसँग सोचेर अघि बढ्न जरुरी रहेको उनको भनाइ थियो । ' त्यस्तै, कोइरालाले अमेरिकाको ट्यारिफ नीति तेस्रो विश्वयुद्ध भन्दा पनि ठूलो हुने खतरा रहेको बताए ।