२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

आज मध्यरातदेखि संसद् अधिवेशन अन्त्य

मंगलवार , चैत्र १८, २०८१

काठमाडौं, चैत ।  राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनका चालु अधिवेशन आज राति १२ः००  बजेदेखि अन्त्य गर्नुभएको छ । 

नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले दुवै सदनका चालु अधिवेशन अन्त्य गर्नुभएको हो । 

मन्त्रिपरिषद्को सोमबारको बैठकले सङ्घीय संसद्का दुवै सदनका चालु अधिवेशन आज राति १२ः००  बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार