२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेकपा माओवादी केन्द्र

अध्यक्ष दाहालले भने : ओलीलाई गणतन्त्रप्रति रिस छ- ' भित्रभित्रै राजावादीसँग ! '

शुक्रवार , चैत्र १४, २०८१

 

काठमाडौँ, चैत । नेपाल कम्युनिष्ट पाटी ( माओवादी ) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली राजावादीसँग मिलेको हुन सक्ने आशंका ब्यक्त गरेका छन ।

अध्यक्ष दाहालले भने, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको विषयमा संसद्लाई बेवास्ता गरे । आज राजधानीमा आयोजित समाजवादी मोर्चाको सभामा उनले भने, ' केपी ओली भित्रभित्रै राजावादीसँगै मिलेको होइन भन्ने प्रश्न उठेको छ ।

उनलाई गणतन्त्रप्रति रिस छ । गणतन्त्र भनेपछि माओवादी देख्छन । अहिले उल्टो काम गरे राजावादीलाई फाइदा हुन्छ । गणतन्त्रवादी हो भन्ने पुष्टी गर्न सदनमा आएर जवाफ दिनुपर्छ । अहंकारले दिँदैन ।

उनले प्रधानमन्त्रीले कुलमानबारे संसद्मा चित्तबुझ्दो जवाफ दिन आग्रह गरे । प्रधानमन्त्री प्रतिनिधिसभाप्रति जवाफदेही हुनुपर्ने हो ।

उहाँ जवाफ दिन लोकतन्त्र र संविधानप्रति जवाफदेही हुनुहुन्न,उनले भने, 'सविधान मिचेर लोकतन्त्रलाई सखाप पार्ने काम नहोस् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार