२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

सत्तारूढ -  प्रमुख प्रतिपक्ष दल  : ' अपरान्ह तीन शीर्ष नेता बैठक बस्दै'

 छलफलको विषय  : संविधान, लोकतन्त्रको पक्षमा तीन दलबीच न्युनतम साझा धाराणा बनाउने 

सोमवार , चैत्र १०, २०८१

 

काठमाडौँ, चैत । सत्तारूढ र प्रमुख प्रतिपक्ष दलको बैठक सोमबार अपराह्न सिंहदरबारमा बस्दै छ ।  शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्‍याउन कांग्रेस, एमाले, माओवादीका तीन शीर्ष नेताहरु बैठक बस्न लागेका हुन् ।

कान्तीपुर लेख्छ,  सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगमा पदाधिकारी नियुक्ति गर्ने मुख्य तयारी छ । 

दुवै आयोग सम्बन्धित कानुन बने पनि पदाधिकारी नियुक्ति नहुँदा काम अघि बढ्न सकेको छैन ।  आयोग पदाधिकारी नियुक्तिमा तीन दलबीच भागबन्डा तयारी छ ।

त्यस्तै, तीन दलबीच राजावादीको प्रदर्शनले मुलुकमा ल्याएको तरंगबारे अनौपचारिक छलफल हुनेछ । 

संविधान, लोकतन्त्रको पक्षमा तीन दलबीच न्युनतम साझा धाराणा बनाउने उनीहरूको छलफलको विषय छ ।

एक नेताका अनुसार सरकारले दैनिक सेवा दिन गति बढाउने, ठूला विवाद आउने निर्णय नगर्ने, राष्ट्रिय मुद्दामा प्रतिपक्ष दलसँग सहकार्य गर्ने नीति प्रधानमन्त्री केपी शर्मा ओलीले लिएका छन् । 

प्रमुख प्रतिपक्ष दल माओवादी अध्यक्ष दाहालले सरकारलाई राम्रो काम गर्न दवाव दिने, संघीय गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने, आवश्यक परे प्रमुख दलबीच साझा धारणा बनाउने नीति लिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार