२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

 नेपाली कांग्रेस 

केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै  : 'राजनीतिक घटनाक्रममा छलफल हुने '

आइतवार , चैत्र ९, २०८१

 

काठमाडौँ, चैत । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ।  सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले जानकारी दिए।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमहरूका विषय छलफल हुने छ ।

कांग्रेसको विधान अनुसार कार्यसम्पादन समितिको बैठक प्रत्येक महिना बस्ने व्यवस्था छ। तर पछिल्लो समय कार्यसम्पादन र केन्द्रीय समिति दुवै समयमा बसिरहेका छैनन्।

बैठकमा सरकार सञ्चालन, पार्टीको सदस्यता वितरण र नवीकरण, भातृ संस्थाहरूको महाधिवेशन लगायत विषयमा छलफल हुने एक नेताले बताए।

पार्टीको १५ औँ महाधिवेशनको लहर छिरिसकेको कांग्रेसमा नेताहरूबीच ध्रुबीकरण समेत सुरु भइसकेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार