२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपाली कांग्रेस 

मुलुकको अप्ठ्यारो परिस्थिति - " कांग्रेस नेतृत्व गर्न सफल भएकाे छ "

' जहिले - जहिले मुलुक अप्ठ्यारोमा परेको छ, नेपाली कांग्रेसले नै घटनाको अगुवाइ गरेको र सफल भएको छ' : डा. कोइराला

बिहिवार , चैत्र ६, २०८१

 

काठमाडौँ, चैत । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अप्ठ्यारो परिस्थितिमा मुलुकको नेतृत्व कांग्रेसले गर्दै आएको बताएका छन ।

गिरिजाप्रसाद कोइरालाको १५औँ स्मृति दिवसका अवसरमा जिपी कोइराला फाउण्डेशनले आज यहाँ आयोजना गरेको गिरिजाप्रसाद र लोकतन्त्र विषयक विचार गोष्ठीमा उनले भने, ' जहिले जहिले मुलुक अप्ठ्यारोमा परेको छ, त्यसबेला नेपाली कांग्रेसले नै विभिन्न घटना क्रमको अगुवाइ गरेको छ र सफल भएको छ ।

उनले कांग्रेस कुनै दलको पछि लाग्न नहुने बताए । कांग्रेसले आगामी रणनीति बनाएर अन्य दललाई मिलाएर अगाडि लैजान सक्नुपर्ने बताउँदै उनले उक्त क्षमता नेपाली कांग्रेसमा रहेको धारणा राखे ।

सरकारमा रहेका काँग्रेसका मन्त्रीहरूले एमालेसँग सहकार्य गर्दा आफूहरूलाई कुनै आपत्ति नभएको बताउँदै उनले कांग्रेस र सरकारलाई खबरदारी गर्नु प्रमुख जिम्मेवारी रहेको उल्लेख गरे ।

उनले कृषि, हाइड्रोपावर, पर्यटन र डिजिटलाइजेशनलाई प्राथमिकतामा राख्न सके मात्रै मुलुकको समृद्धि हुने जिकिर गरे ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार