२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेकपा माओवादी केन्द्र निष्कर्ष

माओवादी पदाधिकारी बैठक : 'राजावादी सक्रिय हुनुमा सरकार दोषी '

सोमवार , फाल्गुण २६, २०८१

 

काठमाडौँ, फागुन । माओवादी केन्द्रीय पदाधिकारी बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतापछि उत्पन्न परिस्थितिको समीक्षा गरेको छ ।

सोमबार बसेको बैठकले राजावादी सक्रिय हुनुको पछाडी सरकारको मुख्य कमजोरी भएको निष्कर्ष निकालेको छ । प्रवक्ता अग्नि सापकोटाले संविधान रक्षा, गणतन्त्रको सबलीकरणका लागि अग्रगामी शक्ति एक हुनुपर्ने बताएका छन् ।

माओवादीले गणतन्त्र र सरकारलाई खबरदारी गर्न छिट्टै समाजवादी मोर्चाको बैठक गरी प्रदर्शन तालिका बनाउन सुझाव दिएको उनले जानकारी दिएका छन् ।

त्यस्तै, आजको बैठकले स्थगित हुलाकी राजमार्ग केन्द्रित अभियानको समीक्षा गर्दै यसले उत्साह थपेको निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार