२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेकपा माओवादी केन्द्र

अध्यक्ष दाहालले भने : ' कांग्रेस र एमालेसँग मिल्दा माओवादी घाटामा '

' आगामी चुनावमा गठबन्धन राजनीतिको भूल नदोहोर्‍याउने '

मंगलवार , फाल्गुण १३, २०८१

 

काठमाडौँ,  फागुन । माओवादी अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनको राजनीतिले पार्टीलाई घाटा भएको बताएका छन् ।  'जनतासँग माओवादी तराई मधेश जागरण अभियान ' अन्तर्गत मोरङको कानेपोखरी गाउँपालिकाको रमाइलो बजारमा आयोजित खबरदारीसभा तथा दोस्रो गाउँ सम्मेलन उद्घाटन गर्दै अध्यक्ष दाहालले आगामी चुनावमा गठबन्धन राजनीतिको भूल नदोहोर्‍याउने बताएका हुन् ।


गठबन्धन गर्दा कांग्रेस र एमालेलाई नै फाइदा भएको उल्लेख गर्दै अध्यक्ष दाहालले अब त्यस्तो गल्ती नगर्ने बताएका हुन् ।


त्यस्तै उनले आफ्नो पार्टीको पक्षमा देखिएको जनताको आकर्षणले पूर्वबाट रातो सूर्य उदाउँदै गरेको समेत दाबी गरे । पछिल्लो समय पूर्वमा माओवादी र यसको एजेन्डाप्रति देखिएको आकर्षणले पूर्वमा रातो सूर्य उदाएको पुष्टि भएको भन्ने उनको भनाइ छ ।

पछिल्लो समय वर्ग र समुदायसँग अलि टाढा हुँदै गएको अनुभूतिसहित फेरि आफ्नो वर्ग र समुदायमा फर्कने निर्णयले जनतामा नयाँ उत्साह ल्याएको अध्यक्ष दाहालले बताए । 

२०६४ सालमा जनताले माओवादीलाई विश्वास गरे पनि पार्टी आफैं सम्हालिन नसक्दा र आफ्ना एजेन्डा सम्हाल्न नसक्दा आफ्नो वर्ग र समुदायले नै आशंका गर्ने अवस्था बन्न पुगेकाले गम्भीर आत्मसमीक्षासहित पार्टी फेरि आफ्नै वर्गमा फर्केको उनको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार