२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

 नेपाली कांग्रेस

कांग्रेस स्थानीय तह समन्वय विभाग  :  " दस सदस्य मनोनयन भए "

सोमवार , फाल्गुण १२, २०८१

 

काठमाडौँ, फागुन । कांग्रेसको स्थानीय तह समन्वय विभागमा दस सदस्य मनोनयन गरिएको छ ।  

सभापति शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टी केन्द्रीय सदस्य मधु आचार्य प्रमुख रहेको विभागमा आज दश सदस्य मनोनयन गरेका हुन् । 

मनोनीत सदस्यमा गीता सत्याल (ललितपुर), उमा थापा (बाँके), विनोद यादव (महोत्तरी), रविन राई (मोरङ), डा हेमराज लामिछाने (चितवन), पुरुषोत्तम नेपाल (काभ्रेपलाञ्चोक) राजु गुरुङ (गोरखा) रहेका छन ।

त्यसैगरी,  बाबुकृष्ण सापकोटा (धादिङ), गोरखबहादुर सुनार (जुम्ला) र निर्प खड्का (कैलाली) रहेका कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार