२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपाली कांग्रेस - १०० दिने अभियान

महामन्त्री शर्माले भने : ' नेताले नागरिकमा विश्वास जगाउन भूमिका खेलौँ'

शनिवार , माघ १९, २०८१

 

नारायणगढ (चितवन), माघ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आमनागरिकमा विश्वास जगाउने गरी नेताहरूले भूमिका खेल्नुपर्ने बताएका छन ।  

नेपाली कांग्रेस चितवनले आज भरतपुरमा आयोजना गरेको नेपाली कांग्रेस १०० दिने विशेष अभियान समापन समारोहमा उनले सबै तहका नागरिकलाई पार्टी र देशप्रति विश्वास जगाउनका आवश्यक रहेको बताएका हुन ।

अहिले आममानिसमा निराशा छाएको छ । यस्तो बेला देशमा भएका अवसर र प्रगतिबारे सकारात्मक सन्देश दिन आवश्यक छ । जनतामा आशा जगाउनका लागि स्थायी सरकार र पार्टीले गरेका राम्रा कामहरू जनतामाझ बुझाउन जरुरी छ ।

कांग्रेसले १०० दिने अभियान पनि त्यसैका लागि सञ्चालन गरेको हो ' महामन्त्री शर्माले भने । उनले मेचीदेखि महाकालीसम्मको विकास, समृद्घि र समुन्नतिका लागि काम गर्नसके मात्रै देशले जित्ने भन्दै त्यसका लागि सबै एकजुट भएर अघि बढ्नुको विकल्प नभएको धारणा राखे ।

केन्द्रीय पार्टी केन्द्रीय सदस्य गोविन्द भट्टराईले एक्लै चुनाव लड्न कांग्रेसले सङ्गठन निर्माणमा जोड दिन आवश्यक रहेको बताए । उनले देश विकासका लागि पार्टी नेतृत्वमा भएका उपलब्धिको प्रचारप्रसार गर्दै अगाडि बढ्न आग्रह गरे ।

पार्टीका चितवन सभापति राजेश्वर खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्यद्वव उमा रेग्मी, टेकप्रसाद गुरुङ, बागमती प्रदेश सभापति इन्द्र बानियाँ, कांगे्रस काठमाडौँका सभापति सुबजकृष्ण बानियाँ, कांग्रेस चितवनका पूर्वसभापतिहरू जितनारायण श्रेष्ठ, विकास कोइरालालगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार