काठमाडौँ, माघ । नेपाली कांग्रेस संसदीय दलको बैठक यही आज दिउँसो २ बजे बस्ने भएको छ ।
सङ्घीय संसद भवनको ल्होत्से हलमा बैठक बस्ने नेपाली कांग्रेस केन्द्रिय कार्यालयले जनाएको छ ।
बैठकमा माघ १८ गतेदेखि सुरु हुने संसदको हिउँदे अधिवेशनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।