२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेकपा माओवादी केन्द्र

अध्यक्ष दाहालले भने : ' हामी सच्चिन्छौं, ०६४ जस्तै फेरि मत दिनोस् '

शुक्रवार , माघ ११, २०८१

 

काठमाडौँ, माघ । अब हामी विगतमा भएका कमी कमजोरी सुधार गर्दै सच्चिने प्रयास गरिरहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् ।

तुलसीपुरको अरनिको मैदानमा शुक्रबार आयोजना गरिएको पार्टीको नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

अध्यक्ष दाहालले कार्यक्रमलाइृ सम्बोधन गर्दै भने, 'विगतमा कमजोरी भएको स्वीकार गरे । २०६४ सालमा मत पाए पनि आफ्नै कमजोरीले सफल हुन सकेनौं।'

उनले भने,'तेस्रो पटक प्रधानमन्त्री हुँदा मात्रै गल्ती, कमजोरी थाहा भयो अनि सुधारका कामहरू सुरू गर्यौ । त्यही सुधारका काम अन्तर्गत भ्रष्टाचारविरूद्ध कदम चाल्दा सरकार ढाल्ने षड्यन्त्र भएको उनले बताए ।

कमी कमजोरी सुधारेर समाज र देश परिवर्तनका लागि नेतृत्व गर्ने चाहना रहेको बताउँदै उनले अब २०८४ मा ०६४ मा जस्तै मत दिन आग्रह गरे । म जीवन रहेसम्म सुशासन र परिवर्तनका लागि काम गर्न चाहन्छु, उनले भने, ' अब कमजोरी हुँदैन । म आफूलाई सुधार्न तयार छु ।

अब जनचाहना बमोजिम काम गर्छु । माओवादी बिग्रियो, टुटफुट भयो भन्ने गुनासो रहेको बताउँदै उनले अब माओवादी आन्दोलनका सबै पक्षलाई एकजुट बनाउने योजना रहेको जानकारी दिए ।

अब हामी सच्चिएर सबै माओवादी एकजुट हुने प्रयास गर्छौं, उनले भने, ' हामीले बहुमत पाए काम गरेर देखाउँछौं ।'

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार