२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भन्छ

कैलाली र कञ्चनपुर : "संकलित ६६ नमुनाको रिपोर्ट नेगेटिभ"

१९८ को नमुना काठमाडौं ल्याएको थियो

बिहिवार , चैत्र २७, २०७६

काठमाडौं,  चैत । कैलाली र कञ्चनपुरबाट संकलन गरिएको ६६ वटा नमुना परीक्षण गर्दा कोरोना भाइरस (कोभिड–१९) संक्रमण रिपोर्ट नेगेटिभ आएको छ ।

धनगढी उपमहानगरपालिका–५ मा स्थानीयमा पनि संक्रमण देखिएपछि सरकारले क्वारेन्टाइनमा रहेका एक सय ९८ जनाको नमुना संकलन गरेर काठमाडौं ल्याएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा त्यसमध्ये ६६ वटा नमुनाको परीक्षण सकिएको र सबैको रिपोर्ट नेगेभिट आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

उनकाअनुसार काठमाडौं उपत्यकाका क्वारेन्टाइन स्थलमा रहेकाहरुको पनि कोभिड–१९ को संक्रमण भए नभएको परीक्षण गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार