२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेकपा माओवादी केन्द्र

अध्यक्ष दाहाल भन्छन् : " यो गठबन्धन सरकार अब चल्दैन "

शुक्रवार , पौष २६, २०८१

 

काठमाडौँ, पुस । वर्तमान सरकार अब अघि बढ्न नसक्ने अवस्थामा पुगेको माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले  बताएका छन ।  

सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसँग भेटेपछि बाहिरिने क्रममा शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै दाहालले यस्तो दाबी गरेका हुन् ।

अध्यक्ष दाहालले अहिलेको सरकार अप्राकृतिक, अलोकतान्त्रिक र अपारदर्शी रहेकाले धेरै नचल्नेसमेत बताए । यो गठबन्धन अप्राकृतिक छ, अलोकतान्त्रिक छ, अपारदर्शी छ भन्नेकुरा मैले गम्भीर रुपले पार्लियामेन्ट र बाहिर पनि भनेको सुन्नुभएको छ नै । अप्राकृतिक भएकाले अब यो चल्दैन,' उनले भने ।

समाजवादी मोर्चालाई पुनः सक्रिय बनाउने पनि दाहालले जानकारी दिएका छन् । 'समाजवादी मोर्चालाई फेरि सक्रिय पार्न पयो भन्ने विषयमा नै मुख्य रुपमा कुरा भइरहेको छ । हामी समाजवादी मोर्चाको बैठक २ गते बस्दैछौँ । त्यो मोर्चालाई सक्रिय पार्ने कुरामा नै छलफल भएको छ,' उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार