२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपाली कांग्रेस

कांग्रेसकाे १५ औं महाधिबेशन : " नेतृत्वमा डा. शेखरकाे चर्चा "

शनिवार , पौष २०, २०८१

 

नेपाली राजनीतिभित्र लोकतान्त्रिक मूल्य मान्यताको पहरेदार दल नेपाली कांग्रेस अब १५ औँ महाधिबेशनको तयारीमा  छ । कांग्रेस महाधिबेशनसँगै अहिले सभापतिको चर्चाको चुलिमा डा. शेखर कोइराला रहेका छन । नेपाली कांग्रेसभित्र आफ्नो विशिष्ट छवि बनाउँदै आएका नेता डा. कोईराला गत  १४औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाको कडा प्रतिस्पर्धी थिए ।  उनले देउवापछि नजिकको र सबैभन्दा ठूलो जनमत जुटाउन सफल भएका नेता हुन । यद्यपि, पहिलो चरणको निर्वाचनमा उनले एकहजार ७०२ मत ल्याएका थिए । उनले दोस्रो चरणमा भने एकहजार ८१७ मत प्राप्त गरेर देउवाको बलियो प्रतिष्पर्धी बने । अब देउवापछिको बलियो नेतुत्वकर्ताका रुपपमा आफूलाइृ त्यही मतले विश्वास दिलाएको छ ।

उनी स्वाभावत: अबको सभापतिको बलियो दाबेदार हुन ।  यिनै घट्नाले साबित पनि गरेको छ । र, अहिलेको राजनीतिक परिदृश्य र पार्टीभित्रको माहौल हेर्दा पनि डा. कोइरालाले आफ्ना क्रियाकलापलाई बलियो बनाएकाे पाइन्छ । उनले  पार्टी बलीयाे बनाउन  के गर्न सकिन्छ ? कार्यकर्ताका समस्या के छन, उनीहरुको धारणा के छ भनेर निरन्तर भेटघाट, छलफल तथा देशब्यापी भ्रमण गरी भावना बुझेर अघि बढेका छन ।  उनकाे दाबी बलीयाे बन्दै गएकाे पाइन्छ ।

यससँगै उनले पार्टीलाई कसरी एकताबद्ध र बलियो बनाउन सकिन्छ भनेर आम कांग्रेसका नेता तथा कार्यकर्ता माँझ पुगेर एकातिर धारणा बनाउन सकेका छन भने अर्कातिर आफूलाई आफ्नो दाबी प्रस्तुत गरेर मन जित्न लागेका छन । जसले गत महाधिबेशनभन्दा स्थितिमा महत्वपूर्ण सुधार आएको विश्वास गर्नथालेका छन । यससँगै उनी बलियो हुँदै जानुमा के के छन त बलिया पक्ष भन्ने बिषय उहाँ उल्लेख गर्न सकिन्छ । 
 
डा. शेखरको बलियो पक्षहरू :

१. लोकतान्त्रिक मूल्य र विधानको संरक्षणमा अडान

डा. कोइरालाले पार्टी विधानअनुसार १५औं महाधिवेशन समयमै हुनुपर्ने विषयलाई प्रमुख मुद्दा बनाएका छन्। उनले पार्टी नेतृत्वको लापरवाहीप्रति सशक्त आलोचना गर्दै भनेका छन्, महाधिवेशनले पार्टीलाई नयाँ जीवन दिन्छ। यसलाई बेलैमा सम्पन्न गर्नु लोकतान्त्रिक परम्पराको रक्षा गर्ने मुख्य शर्त रहेको बताउँदै आएका छन ।

यसअघि देखिएका कमजोरी सच्याउँदै जाने प्रण उनको छ । उनले महाधिवेशनको ढिलाइले पनि पार्टीभित्र स्वेच्छाचारिता बढाउने र एकता कमजोर हुने भएकाले समयमै महाधिबेशन सम्पन्न गर्नु पनि कार्यकर्तामा मनोबल बढाउने आधार बन्ने धारणा राख्दै दलको उचित समयमा  नेतृत्व परिवर्तन पनि आधार मानेका छन ।  

२. एकताका लागि समर्पण
गत महाधिवेशनमा शेखरकै प्यानलका केही सदस्यहरू पनि फरका धारमा लागेपनि अहिले परिस्थिति त्यस्तो नहुने अवस्था बन्ने निश्चित छ । प्रकाशमान सिंह वा सुजाता कोइराला पनि फरक धारमा लाग्ने सम्भावना लगभग नरहने अवस्था छ । यसले पार्टीभित्र शेखरप्रति एकताको सन्देश प्रवाहित गरेको छ।  

३. सुदूरपश्चिम भ्रमण र पकड बलियो बनाउने प्रयास
सुदूरपश्चिम देउवाको गढ मानिए पनि डा. कोइरालाले हालै धनगढीमा उपस्थित भएर आफू सुदूरपश्चिमको जनमतमा पनि प्रवेश गर्न चाहिरहेको स्पष्ट सन्देश दिएका छन्। उनले त्यहाँ आफ्नो सम्बोधनमा भनेका थिए, ूअबको कांग्रेस बलियो, गतिशील र युग सुहाउँदो हुनुपर्छ।ू
  
उनको यो दौडाहले सुदूरपश्चिमका कांग्रेसजनलाई एक ढिक्का बनाएर आफ्नो पक्षमा तान्न सक्ने सम्भावना देखिन्छ।  

४. देउवाको नेतूत्व बिना समूह कमजोर 

अब देउवा स्वयं सभापतिका लागि उम्मेदवार बन्ने छैनन्। यसले १४औं महाधिवेशनमा देउवाले पाएको सुदूरपश्चिमको एक ढिक्का मत विभाजित गर्ने सम्भावना बलियो छ। देउवाले अघि सार्ने सम्भावित उम्मेदवारहरूको समर्थन पनि अहिले नै स्पष्ट छैन, जसले डा। कोइरालाको सम्भावना बढाएको छ।  

५. रामचन्द्र पौडेल पक्षको साथ

गत महाधिवेशनमा शेखर उम्मेदवार बनृपछि रामचन्द्र पौडेल असन्तुष्ठ बनेका थिए । उनले आफूलाई बेवास्ता गरिएको भन्दै असन्तुष्टि व्यक्त गरिँदा महाधिबेशनमा परिस्थिति फरक बन्न पुगेको थियो ।  अहिले कोईराला समूहमा रामचन्द्र पक्षधरहरु त्यत्तिको फरक मत राख्नसक्ने देखिएको छैन । परिस्थितिमा ठूलो फेरबदल आएको छ। पौडेलको पक्षले पनि शेखरलाई समर्थन गर्ने सम्भावना छ।  

६. युवा मतको साथ
डा. कोइरालाले युवा नेतालाई प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गरेका छन्। पार्टीभित्रको युवा र क्रियाशील सदस्यहरूलाई प्रेरित गर्न उनका अडान र दृष्टिकोण आकर्षक देखिएका छन्।  

चुनौतीहरू र शेखरको रणनीति

डा. कोइरालाले आगामी महाधिवेशनमा जीत सुनिश्चित गर्न विभिन्न चुनौतीहरू पार गर्नुपर्नेछ।  

क. सुदूरपश्चिमको मत बाँडफाँट :

सुदूरपश्चिमका नेताहरूबीच सहमति कायम गर्न शेखरले अझ धेरै मेहनत गर्नुपर्छ।
 
ख. संस्थापन पक्षको पकडः
 
देउवा पक्षसँग अझै दुई/तिहाई बहुमत छ, जसले म्याद थप्ने निर्णयलाई सहज बनाउँछ।  तर, यी चुनौतीहरूको सामना गर्न शेखरले आफूलाई देशव्यापी भ्रमण गरी आफ्ना धारणा र एजेण्डा प्रस्तुत गर्दै  शक्ति आर्जनमा बलिया बन्दै गईरहेका छन । उनले पार्टीभित्रको लोकतान्त्रिक प्रक्रिया र पारदर्शितालाई पुनर्स्थापना गर्ने वाचा गरेका छन् । यसले उनलाई बलियो बनाउँदै लगेको छ । यद्यपी अहिलेसम्म  सभापतिको औपचारिक दावी गर्दै देशब्यापी दौडमा रहेकाले उनको धार बलियो बन्दै गएको

डा. शेखर कोइरालाको सभापति पदप्रतिको दाबी यस पटक निकै बलियो देखिन्छ। पार्टीको लोकतान्त्रिक मूल्य मान्यताको रक्षा पहिलो शर्त भएको र  समयमै महाधिवेशन सम्पन्न गरेर पद्धति बसाउन कांग्रेसले सिकाउन पनि आबश्यक रहेको धारणा  तथा अडानले पनि उनलाई कांग्रेसभित्र एक सक्रिय, परिपक्व र विश्वासिलो नेताका रूपमा उभ्याएको पाउन सकिन्छ । अबको महाधिवेशनमा उनको रणनीति र नेतृत्वले पार्टीभित्रको सन्तुलनलाई नयाँ दिशा दिन सक्ने उनको दाबी र आम कार्यकर्ताको विश्वासले पनि उनलाइ बलियो बनाउने आधार रहेको छा । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार