२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कोभिड–१९ : उच्चस्तरीय समिति बैठक

अन्तर्राष्ट्रिय उडान : " प्रतिबन्ध वैशाख १८ सम्म लम्ब्याइयो"

अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध : अन्तरिक उडान छलफलमै

मंगलवार , चैत्र २५, २०७६

काठमाडौं, चैत । नेपाल आउने अन्तर्राष्ट्रिय हवाई उडानमा लगाएको प्रतिबन्ध सरकारले वैशाख १८ सम्म लम्ब्याएको छ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले प्रतिबन्ध लम्ब्याउने निर्णय गरेको हो ।

अन्तरिक उडानबारे भने छलफल भइरहेको प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले जानकारी दिए । सरकारले विदेशी एयरलाइन्सहरुलाई यात्रु लिएर आउन रोकेको छ । तर, यहाँबाट यात्रु लिएर जान खाली विमान आउन सक्छन् ।

त्यस अनुसार विभिन्न एयरलाइन्सहरुले अहिले पनि विदेशीहरु लैजान उद्दारको उडान गरिरहेका छन् । नेपाल एयरलाइन्सले कार्गो उडान पनि गरिरहेको छ । यस बीचमा चीनबाट नेपाल एयरलाइन्सले मेडिकल सामग्री ल्यायो ।

सरकारले यात्रु लिएर आउन प्रतिवन्ध लगाएपछि पनि केही एयरलाइन्सले अटेरी गरेर यात्रु ल्याएका थिए । त्यसका कारण ७० भन्दा बढी व्यक्तिलाई खरिपाटीको क्वारेन्टाइनमा राखिएको छ । आन्तरिक उडान वैशाख ३ सम्म स्थगित छन् । त्यसबारे थप निर्णय भएको छैन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार