२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

स्थानीय तह उपनिर्बाचन

कीर्तिपुरमा कांग्रेसको  बिजयी : '  एमालेलाई माओवादीले उछिन्यो '

सोमवार , मंसिर १७, २०८१

 

काठमाडौँ, मंसिर । कीर्तिपुर नगरपालिकाको  मेयर उपचुनावको मतगणना अन्तिम चरणमा पुगिरहेका बेला माओवादी दोस्रो स्थानमा उक्लिएको छ । 

कांग्रेसका कृष्णमान डंगोल ५ हजार ६९ मतसहित अग्रस्थानमा रहेका छन् । 

मतगणना सुरु भएदेखि तेस्रो स्थानमा रहेका माओवादी उम्मेदवार शिवशरण महर्जन दोस्रो स्थानमा आएका छन् । उनले ४ हजार ११९ मत ल्याएका छन् । 

सुरुदेखि दोस्रो स्थानमा रहेका एमालेका सुरेन्द्र मानन्धर ३ हजार ९ सय ९७ मतसहित अहिले तेस्रो स्थानमा रहेका छन् ।


त्यस्तै स्वतन्त्र उम्मेदवार राजमान महर्जनले १ हजार ८ सय ७६ मत पाएका छन् । 

अर्का स्वतन्त्र उम्मेदवार कविकुमार महर्जनले १ हजार २ सय ८९ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार दिनेशकुमार अधिकारीले पनि १ हजार ४३ मत ल्याएका छन् । राप्रपाका ध्रुव महर्जनले भने ९ सय ४४ मत ल्याएका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार