२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपाली कांग्रेस 

महामन्त्री थापाले भने  : ' देशलाई स्थिर सरकार चाहिएको छ, हामी त्यही छाैँ '

' प्रचण्डले कांग्रेसलाई प्रधानमन्त्री बनिदिनुपर्‍यो भन्दै हप्तामा एक पटक खबर पठाउनुहुन्छ' 

बिहिवार , मंसिर १३, २०८१

 


काठमाडौँ, मंसिर । नेपाली कांग्रेसलाई  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले हप्तामा एक पटक प्रधानमन्त्री बनिदिन आग्रह गर्ने गरेको कांग्रेस महामन्त्री गगनकुमार थापाले बताएका छन् ।

बिहीबार कीर्तिपुरको उपनिर्वाचनमा चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

‘हाम्रो दुश्मन कोही पनि छैन । न प्रचण्ड हाम्रो दुश्मन न त केपी ओली हाम्रो दुश्मन हो । हामी अहिले केपी ओलीसँगै सरकारमा छौँ । 

हामी इमान्दारितापूर्वक यो सरकारलाई तीन वर्ष लिएर जान चाहन्छौं । किनकी हामी सरकार तलमाथि गर्ने काम गर्न चाहँदैनौँ । हामी परिणाम दिन चाहन्छौँ । अहिले भर्खर प्रचण्डले माथि आएर बोलेर जानुभएछ ।  प्रचण्डले भर्खर भनेर जानुभयो । यो-यो कारणले गर्दा सरकार बदलियो । 

नेपाली कांग्रेस अहिले पनि संसदको सबैभन्दा ठूलो पार्टी हो । अहिले पनि प्रचण्डले हप्तामा एक पटक कांग्रेसलाई खबर पठाउनु हुन्छ, लौ न प्रधानमन्त्री बनिदिनुपर्‍यो । यो खबर पठाउने काम पहिला अर्कैले गर्दथ्यो । 

कांग्रेस संसदको सबैभन्दा ठूलो पार्टी हो अहिले पनि । उपद्रो गर्ने हो, चलखेल गर्ने हो भने सरकार तलदेखि माथि लैजाने संख्या कांग्रेससँग छ । 

प्रधानमन्त्री बन्न नसक्ने भएर हामीले प्रचण्ड र ओलीलाई प्रधानमन्त्री मानेका होइनौँ । यो बेलामा देशलाई स्थिर सरकार दिनेकुरा महत्वपूर्ण हो ।’ 

महामन्त्री थापाले सबै एक भएर बेरोजगारी, गरिबीको विरुद्धमा लड्न आवश्यक रहेको बताए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार