२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

मन्त्रिपरिषद् बैठक निर्णय

राष्ट्र बैंकका गभर्नर : महाप्रसाद अधिकारी बने

अधिकारीसँग राष्ट्र बैंकमा ३ दशक काम गरेको अनुभव छ

सोमवार , चैत्र २४, २०७६

काठमाडौं, चैत । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नियुक्त गरेको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि अधिकारीसहित डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र डा. राजन खनालको नाम सिफारिस गरेको थियो ।

गभर्नर नियुक्त अधिकारी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत थिए । राष्ट्र बैंककै डेपुटी गभर्नरबाट अवकास पाएका अधिकारीसँग राष्ट्र बैंकमा ३ दशक काम गरेको अनुभव छ ।

उनी यसअघि डा. चिरञ्जीवि नेपालसँगै गभर्नरमा सिफारिस भएका थिए । तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले उनलाई सिफारिस गरे पनि सुशील कोइराला नेतृत्वको सरकारले नेपाललाई गभर्नर नियुक्त गरेको थियो ।

नेपाल ५ वर्षे कार्यकाल पूरा गरेर बाहिरिएपछि अधिकारीले दोस्रो पटकमा गभर्नर बन्ने मौका पाएका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार