२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

 नेपाली कांग्रेस विपन्न उत्थान समन्वय विभाग  : "   १० सदस्य मनोनीत "

सोमवार , कार्तिक १२, २०८१

 

काठमाडौँ, कात्तिक  ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विपन्न उत्थान समन्वय विभागमा १० सदस्य मनोनीत गरेका छन । 

उनले पार्टीका केन्द्रीय सदस्य डा गोपाल दहित प्रमुख रहनुभएको उक्त विभागमा विधानको व्यवस्था बमोजिम आज सदस्य मनोनयन गरेको  मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

विभागमा रामनारायण कठरिया महतो, रामदत्त जोशी (लेकुडा), हेमलाल पाण्डे, दीपकराज तिमिल्सिना, ठाकुरप्रसाद भुसाल, श्यामकुमार बुढा, उपेन्द्रराज सिग्देल, श्रवणराज मैनाली, सीतादेवी सापकोटा (फुयाल) र प्रह्लादकुमार कामतलाई मनोनीत गरिएको हो । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार