काठमाडौँ, कात्तिक । नेपाली कांग्रेसका ऊर्जा तथा जलस्रोत विभाग र निर्माण व्यवसायी समन्वय विभागमा १०- १० जना सदस्य मनोनीत भएका छन् ।
सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टी केन्द्रीय सदस्य अनिलकुमार रुंगटा प्रमुख रहेको जलस्रोत विभाग र अर्का केन्द्रीय सदस्य मदनबहादुर अमात्य प्रमुख रहेको निर्माण व्यवसायी समन्वय विभागमा सदस्यहरू मनोनीत गरेका हुन् ।
केन्द्रीय कार्यालयमा मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार जलस्रोत विभागमा जगदिशबहादुर पाल (दार्चुला), इञ्जिनियर विनोद देवकोटा (गोरखा), लव ढुङ्गाना (काठमाडौँ), गोरखबहादुर केसी (रुकुम पश्चिम), टिएल रिजाल (बर्दिया), इञ्जिनियर धर्मनारायण शाह (सप्तरी), इञ्जिनियर प्रमोद दवाडी (काठमाडौँ), इञ्जिनियर विकास अधिकारी(पाँचथर) मनोनीत भएका छन् ।
त्यस्तै, निर्माण व्यवसायी समन्वय विभागमा रवि सिंह (काठमाडौँ) आङदोर्जे लामा शेर्पा ९रामेछाप०, गोमाया खण्डलु (काठमाडौँ), खिमप्रकाश मल्ल (राजेश) (स्याङ्जा), टेकबहादुर खड्का (बाँके), यमबहादुर बि.सी. (सुर्खेत), प्रकाशबहादुर सेठ्ठी (कैलाली) मनोनीत भएका छन् ।