२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

राजेन्द्र महतोले गरे - '  राष्ट्रिय मुक्ति क्रान्ति नेपाल '   पार्टी घोषणा

मंगलवार , आश्विन १, २०८१

 

काठमाडौँ, असोज । राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन् ।  मंगलबार काठमाडौंमा राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकबाट महतोले नयाँ राजनीतिक दल घोषणा गरेका हुन् ।

कार्तिकको पहिलो सातामा निर्वाचन आयोगमा पार्टी दर्ता गराउने गरी प्रक्रिया अघि बढाउने जानकारी दिए ।

उनले पार्टीको नाम भने राष्ट्रिय मुक्ति क्रान्ति नेपाल रहने उल्लेख गरे । राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकले पार्टी अध्यक्ष महतो रहनेछन् ।

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाट अलग भएको करिब ८ महिनापछि महतोले नयाँ पार्टी घोषणा गरेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार