काठमाडौँ, असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय भेला मंगलबार बिहानदेखि सुरु हुँदै छ । मंगलबारदेखि सुरु हुने राष्ट्रिय भेला बुधबारसम्म चल्नेछ ।
कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा सञ्चालन गरिने दुईदिने भेलामा देशभरबाट १ हजार पाँचसय प्रतिनिधि सहभागी हुने सो पार्टीले जनाएको छ ।
रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार देशभर चार सय पालिका र दुई हजार वडामा रास्वपाको पार्टी संरचना छ ।
वडाबाट प्रतिनिधि ल्याउने सम्भावना नभएकाले पालिकाबाट प्रतिनिधि छनोटगरी ल्याउने व्यवस्था गरेको महामन्त्री बुर्लाकाटीले सञ्चारकर्मीलाई जानकारी दिएका छन ।