२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

आजको बिदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?

बिहिवार , मंसिर १२, २०७६

नेपाल राष्ट्र बैंकले शुक्रबार (मंसिर १३) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ २८  पैसा र बिक्रीदर ११४ रुपैयाँ ८८ पैसा रहेको छ । 

यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ७७ पैसा र बिक्रीदर १२६ रुपैयाँ ४३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५२ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३८ पैसा र बिक्रीदर २७ रुपैयाँ ५३ पैसा रहेको छ।  

यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५५ पैसा रहेको छ । 

र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३१ रुपैयाँ २८ पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार