२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

नेकपा माओवादी केन्द्र

अध्यक्ष दाहालले भने :  'हामीले राम्रो काम गर्यौ,  विरोधी आत्तिएर नयाँ गठबन्धन '  

आइतवार , भाद्र २, २०८१

 

काठमाडौँ, भदौ । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूहरूले राम्रो काम गरेका कारण विरोधीहरू आत्तिएर नयाँ गठबन्धन बनाएको बताएका छन् ।

तत्कालीन एकता(केन्द्रका केन्द्रीय सदस्य रामवृक्ष यादवको स्मृतिमा पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले पार्टीलाई सुदृढ र एकताबद्ध गर्दै जनतामा जाने अभियानको गृहकार्य गरिएको बताएका छन् । 

जनताका मुद्दाका रक्षाका निम्ति माओवादी केन्द्रले संघर्षको मोर्चालाई सुदृढ उल्लेख गरे ।

'जनताका मुद्दा खोसिने हुन् कि भन्ने आशंका जन्मिएको छ, प्रश्नहरू जन्मिएका छन्। जनताका मुद्दा रक्षा गर्न जनतामा जानुको विकल्प छैन। मैले सदन र सडकबाट संघर्षको विकल्प देखेको छैन। '

'हामीले राम्रो काम गरेका कारण विरोधीहरू आत्तिएर नयाँ गठबन्धन गरिएको छ। यो अपवित्र छ, यसको उद्देश्य गलत छ। पार्टीलाई सुदृढ गर्ने, अझ बलियो बनाउनेतिर हामी अगाडि बढेका छौँ' उनले भने ।

उनले स्थायी समिति बैठकमा खुला र गम्भीर छलफल गरिरहेको र पार्टी थप सुदृढ गर्ने प्रक्रिया अगाडि बढेको बताए ।  ' केन्द्रीय समितिको बैठकबाट व्यवस्थित कार्यक्रम र कार्ययोजना बनाएर अगाडि बढ्छौँ ' उनले भने ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार