२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

१३ औँ सागमा स्वर्ण पदक जित्ने खेलाडीलाई सात लाख पुरस्कार दिइने

बिहिवार , मंसिर १२, २०७६

काठमाडौ, मंसिर । राष्ट्रिय खेलकुद परिषदले १३ औँ सागमा स्वर्णपदक जित्ने खेलाडीलाई सात लाख पुरस्कार दिने तयारी गरेको छ ।

नेपाली रेडियो नेटवर्कसंग कुरागर्दै राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्भर तिमिल्सिनाले परिषदले कार्यविधि बनाएर स्वर्ण पदक विजेतालाई साता लाख,रजत पदक विजेतालाई चार लाख र कास्य पदक विजेतालाई दुइ लाख पुरस्कार दिने तयारी भइरहेको बताउनुभएको छ ।

उहाँले आठौँ सागको भन्दा धरै राम्रो नतिजा हात पार्नका लागि सवै विधानका खेलाडीहरुलाई प्रत्साहन गर्न अवस्यक भएको भन्दै राष्ट्रिय खेलकुद परिषदले कार्यविधि बनाई खेलाडीहरुलाई पुरस्कृत गर्न लागेको हो ।

उपाध्यक्ष तिमिल्सिनाले शुक्रबार अबेर सम्ममा सागको सवै तयारी पुराहुने र गए रातीबाट दशरथ रंगशालाको पुननिर्माण सम्पन्न भएको बताउनुभयो । उहाँले रंगशाला अन्र्तराष्ट्रिय स्तरको बनाइएको र सवै खेलहरु स्टान्र्डड लेवलका हुने दावी गर्नुभयो । भूकम्पले भत्कनु अघि १८ हजार क्षमताको रंगशाल पुननिर्माणपछि १५ हजार ५२५ जना अटाउने गरि तयार भएको छ ।

सागको औपचारिक उद्घाटन मंसिर १५ गते अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुनेछ भने प्रधानमन्त्रीका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्बोधन गर्नुहुने कार्यतालिका बनाइएको तिमिल्सिनाले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार