काठमाडौँ, साउन । नेपाली कांग्रेस केन्द्रीय समितिको बुधबारबाट शुरु भएको बैठकको आज पाँचौ दिन हो । बैठक आज सकिने बताइएको छ । बैठक आज बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा आज पनि प्रस्तुत भएका ११ वटा विभिन्न एजेन्डामाथि नेताहरूले आफ्नो धारणा राख्ने क्रम जारी रहनेछ ।
बैठकको अन्यमा सबै नेताहरूको धारणा सुनिसकेपछि नेतृत्वले जवाफ दिने र आज नै बैठक सक्ने तयारी कांग्रेसको छ ।